झण्डा जलाएको घटनामा राष्ट्रिय युवा संघद्वारा भर्त्सना, रास्वपालाई सार्वजनिक माफी माग्न चेतावनी

झण्डा जलाएको घटनामा राष्ट्रिय युवा संघद्वारा भर्त्सना, रास्वपालाई सार्वजनिक माफी माग्न चेतावनी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रममा एमालेकाे झण्‍डा जलाएकाे घटनाप्रति घोर भर्त्सना गरेको छ । संघका केन्द्रीय अध्यक्ष महाराज गुरुङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक मूल्य-मान्यता विपरीतका क्रियाकलाप तत्काल रोक्न चेतावनी दिएका हुन्।

युवा संघले विज्ञप्तिमा दाङकाे तुलसीपुरमा भएको घटनामा आफ्नो पार्टीको झण्डा जलाइएको, झण्डाको अपमान गरिएको र पार्टी नेतृत्वमाथि निकृष्ट एवं झुटा आरोप लगाइएको दाबी गरेको छ। यस्ता कार्यले सामाजिक सद्भाव र लोकतान्त्रिक संस्कारमाथि प्रहार गरेको संघको ठहर छ।

साथै युवा संघले यस घटनामा रास्वपाको संलग्नता रहेको आरोप लगाउँदै माफी माग्न चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “रास्वपाले आफ्ना कार्यकर्ताहरूलाई संयमित र अनुशासित राख्न जरुरी छ। हिजोको अराजक घटनाप्रति रास्वपाले तत्काल सार्वजनिक रूपमा माफी माग्नुपर्छ।”

यदि यस्ता अराजक र उच्छृङ्खल गतिविधि नरोकिएमा संघले देशव्यापी रूपमा सशक्त प्रतिवाद र आन्दोलनका कार्यक्रमहरू सुरु गर्ने चेतावनी दिएको छ।

Logo