बागलुङ। बागलुङ निर्वाचन क्षेत्र नं. १ मा साझा बाम गठबन्धनका उम्मेदवार कृष्ण अधिकारीले घरदैलो तथा जनभेट कार्यक्रमलाई तीव्रता दिएका छन्।
बागलुङ नगरपालिकाको मुलपानी, तित्याङको डि–डाँडा, भकुण्डेको निफन्ने, काभ्रे, राँयडाँडाको कलावारी, भिर कटेरी, आफ्रे, तल्लोथर र सिम्ले लगायतका स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद सकेर अधिकारी हुग्दिशिर र धुल्लुबाँस्कोट लागेका छन्। यस्तै उनले शुक्रबार जैमिनी नगरपालिकाको उपल्लो दमेक, तल्लो दमेक र पैंयुथन्थाप क्षेत्रमा घरदैलो तथा जनभेट सम्पन्न गरेका छन् । शनिवार विहान धुल्लुबाँस्कोटको कार्यक्रममा बोल्दै उनले राष्ट्रियताको रक्षा, सामाजिक न्याय र विकासका एजेन्डालाई प्राथमिकतामा राख्दै ‘गिलास’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।
उम्मेदवार अधिकारीले गठबन्धनका साझा कार्यक्रमलाई जनतामाझ स्पष्ट पार्दै स्थिर राजनीति र स्वाभिमानको पक्षमा आफूहरू उभिएको बताए । अधिकारीले बाम गठबन्धनका उम्मेदवारहरुलाई ढुक्क भएर मतदान गर्न आग्रह गर्दै यथास्थितिवादीका झुटा आश्वासनमा नपर्न आग्रह समेत गरे । यस्तै समानुपातिक उम्मेदवार बलावती शर्माले तारा चिन्हमा मतदान गर्न आग्रह गर्दै तारा जनताको साहारा भएको जिकिर गरिन् । उनले बाग्लुङको भविष्य निर्माणमा जनताले निर्णयात्मक मत दिने समय नजिकिएको भन्दै परिवतर्नकारी शक्तिलाई जितलाउन आग्रह गरिन् ।
स्थानीय बासिन्दासँगको छलफलमा रोजगारी, पूर्वाधार र सेवा–सुविधा विस्तारका विषयमा पनि कुराकानी भएको प्रचारप्रसार समितिले केन्द्रविन्दुलाई बताएको छ ।
साझा बाम गठबन्धनले चुनावी अभियानलाई गाउँ–गाउँसम्म पु¥याउँदै समर्थन विस्तार गरिरहेको र जित लगभग सुनिश्चित भैसकेको दाबी सो समितिले बताएको छ ।































प्रतिक्रिया