काठमाडौं
करिव तीन वर्ष अघि गोर्खा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ । यस्तो भूकम्पले २२ हजार भन्दा बढी मानवीय क्षति हुने सरकारी अध्ययनको दाबी छ । सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद जोखिम मूल्यांकन परियोजनाले जापानी सहयोग नियोग (जाइका) सँग मिलेर गरेको अध्ययन प्रतिवेदनले मध्य नेपालको दक्षिण भागलाई केन्द्रविन्दु बनाएर भूकम्प गए काठमाडौं उपत्यकामा मात्र २२ हजार १ सय ८० जनाको ज्यान जाने देखाएको हो ।
तीन वर्षको समय लगाएर गरिएको अध्ययन अनुसार यो क्षमताको भूकम्प दोहोरिए काठमाडौं उपत्यकामा ८६ हजार ८ सय ६० जना घाइते तथा ११ लाख ९६ हजार विस्थापित हुने उल्लेख छ । यसअघि पनि विभिन्न दातृ संस्थाहरूले काठमाडौं भूकम्पको उच्च जोखिममा रहेको बताउँदै आएका छन् । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सुमन सालिकेले काठमाडौं उपत्यका भूकम्पको उच्च जोखिममा रहेकाले ७.८ रेक्टरको भूकम्प दोहोरिए ५७ प्रतिशत भन्दा बढी उपत्यकावासीलाई अस्थायी वासको व्यवस्था गर्नु पर्ने बताए । काठमाडौं उपत्यकामा १ लाख ३६ हजार भवनमा अत्यधिक तथा ६२ हजार भवनमा मध्यमखाले क्षति पुग्ने अध्ययनले देखाएको छ । यस्तै ७७ हजार ७ सय १३ भवनमा सामान्य क्षति पुग्ने पनि अध्ययनमा उल्लेख छ ।
कारोबारबाट





























प्रतिक्रिया