मकवानपुरका सभापति पराजुलीले त्यागे रास्वपा, फर्किए पुरानै घर कांग्रेसमा

मकवानपुरका सभापति पराजुलीले त्यागे रास्वपा, फर्किए पुरानै घर कांग्रेसमा

केन्द्रबिन्दु
0
Shares

हेटौंडा। मकवानपुरका नेता भरत पराजुलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर नेपाली कांग्रेसमा फर्किएका छन्। ३० वर्ष कांग्रेसको राजनीतिमा जीवन व्यतित गरेका पराजुलीले रास्वपा पार्टीभित्रको नेतृत्व र निर्णयप्रतिको असन्तुष्टिका कारण कदम उठाएको बताए।

पराजुली आज सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन्। कांग्रेस सभापति गगनकुमार थापाले उनलाई स्वागत गरे। पराजुलीले सामाजिक सञ्जालमा पार्टीभित्र सीमित व्यक्तिको प्रभाव, आलोचनाको अस्वीकृति र कमजोर आन्तरिक लोकतन्त्रले निराश बनाएको बताए।

उनले रास्वपामा सभापतिका रूपमा नेतृत्व गर्दै आएका थिए र २०७९ प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बनेका थिए। तर, आगामी प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि असन्तुष्ट बनेका पराजुलीले पुरानो दल कांग्रेस रोजेको सहयोगीले बताए।

पराजुली आफ्नो सरल, शालीन र भद्र शैलीका कारण जिल्लाको पश्चिमी क्षेत्रमा लोकप्रिय छन्।

Skip This
Skip This
Logo