काठमाडौं । वीरगञ्जका केही स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जका केही क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको हो ।
प्रशासनले सुरक्षा स्थिति तनावपूर्ण बनेको भन्दै वीरगञ्जका मुख्य क्षेत्रमा बिहान ९ः४५ बजेदेखि कफ्र्यु लागू गरेको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालको आदेशअनुसार, अर्को सूचना नआएसम्म सर्वसाधारणको आवतजावत, सभा–सम्मेलन, जुलुस, बैठक वा घेराउ पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ।
कर्फ्यु क्षेत्रको सीमाना यसप्रकार तय गरिएको छः
पूर्वः बाइपास रोड
पश्चिमः सिर्सिया नदी
उत्तरः गण्डक चोक
दक्षिणः शङ्कराचार्य गेट (नेपाल–भारत सीमा नजिक)
तर, मानवीय संवेदनशीलता र अत्यावश्यक सेवाका लागि केही अपवाद राखिएको छ। एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, परीक्षार्थी, पर्यटक र कूटनीतिक गाडीहरूलाई छूट दिइएको छ। हवाई टिकट भएका यात्रुहरूलाई पनि यात्रा प्रभावित नहोस् भन्न प्रशासनले विशेष व्यवस्था गरेको छ।
पछिल्ला घटनाक्रमले सुरक्षा चुनौती बढाएको र सामाजिक सद्भावमा असर पार्न सक्ने सम्भावना देखिएको कारण प्रशासनले यो कडा कदम चाल्नु परेको हो। वीरगञ्जका मुख्य चोक र गल्लीहरूमा अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। आदेश उल्लङ्घन गरे कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।
रौतहटको वातावरण शान्त हुन नपाउँदै विरगञ्जमा कर्फ्यु लगाइएको हो ।
































प्रतिक्रिया