निर्वाचन बहिष्कार मुद्दामा पक्राउ परेका बास्तोलाको रिटमा आज सुनुवाइ

निर्वाचन बहिष्कार मुद्दामा पक्राउ परेका बास्तोलाको रिटमा आज सुनुवाइ

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचन बहिष्कारको नीति लिएको र त्यससम्बन्धी प्रचार गरेको आरोपमा पक्राउ परेका नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलाको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेशीका लागि राखिएको छ।

बास्तोलाको पक्राउविरुद्ध सावित्री कुमारी वलीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएकी हुन्। रिटमार्फत उनको पक्राउ कानुनसम्मत छ कि छैन भन्ने विषयमा अदालतले निर्णय गर्नेछ।

Skip This
Skip This
Logo