काठमाडौं
सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवका लागि ४० लाखमा अर्को नयाँ गाडी किन्ने गृहकार्य अघि बढाएको छ । राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवलाई एउटा नयाँ गाडी यसअघि नै उपलब्ध गराएको थियो । "/>

पूर्वराष्ट्रपति यादवलाई सुविधा माथि सुविधा थप : ४० लाखको अर्को गाडी किनिँदै !

पूर्वराष्ट्रपति यादवलाई सुविधा माथि सुविधा थप : ४० लाखको अर्को गाडी किनिँदै !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवका लागि ४० लाखमा अर्को नयाँ गाडी किन्ने गृहकार्य अघि बढाएको छ । राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवलाई एउटा नयाँ गाडी यसअघि नै उपलब्ध गराएको थियो । तर उनलाई पुनः अर्को गाडी आवश्यक परेको भन्दै गृह मन्त्रालयले ४० लाखमा स्कोरपियो गाडी खरिद प्रक्रिया अघि बढाएको हो । अब पूर्वराष्ट्रपति यादवले दुई वटा गाडी प्रयोग गर्ने भएका छन् ।

गृह मन्त्रालय सवारी शाखाका उपसचिव यदुनाथ पौडेलले सरकारले पूर्वराष्ट्रपति यादवलाई थप अर्को एक गाडी दिने निर्णय गरेकाले उनका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । पौडेलका अनुसार पूर्वराष्ट्रपतिका लागि थप गाडी किन्न अर्थ मन्त्रालयले ४० लाख रुपैयाँ गृह मन्त्रालयलाई निकासा गरिसकेको छ र रकम प्राप्त भई खरिद प्रक्रिया सुरु भइसकेको छ । सरकारले केही समय अघि मात्रै पूर्वराष्ट्रपति यादवको घरभाडा वृद्धि गर्ने निर्णय गरेको थियो । घरभाडा बापत बढीमा दुई लाख सम्म दिन सकिने निर्णय सरकारले गरेको थियो तर पूर्वराष्ट्रपति यादवलाई घर भाडाबापत ६० हजार रुपैयाँ दिने गरिएको छ ।

सरकारले पूर्वराष्ट्रपति यादवलाई मासिक ५० हजार भत्ता दिँदै आएको छ भने सवारीसाधन मर्मत सम्भार बापत मासिक २५ हजार दिँदै आएको छ । यसैगरी उनलाई मन्त्रीसरह इन्धन सुविधा दिने गरिएको छ भने निजी सचिवालयमा उपसचिवस्तरको एक कर्मचारी र कार्यालय सहयोगी राख्दै उनीहरूलाई तलब खुवाउँदै आएको छ । यसैगरी यादवलाई पत्रपत्रिका बापत मासिक ३ हजार दिइने गरेको छ भने खानेपानी, टेलिफोन, इन्टरनेट र बिजुलीको पैसा बिलअनुसार सरकारले नै भुक्तानी दिने गरेको छ । कार्यालयका लागि एउटा मोटरसाइकल पनि दिइने भएको छ ।

पूर्वराष्ट्रपतिका निजी सचिव किरण पन्थीले पूर्वराष्ट्रपतिको कार्यक्रमलाई सहज बनाउन अर्को एक गाडी माग गरिएको र सो अनुसार सरकारले गाडी दिने निर्णय गरेको बताए । पूर्वराष्ट्रपतिका अतिथि र पाहुना आउँदा कतिपय अवस्थामा ल्याउन र पु¥याउन जानु पर्ने अवस्था भएकाले अर्को गाडी आवश्यक परेको यादवका निजी सचिव पन्थीले जानकारी दिए । कहिलेकाहीँ निजी सचिवालयले पनि पूर्वराष्ट्रपतिका विभिन्न कार्य गर्नु पर्ने भएकाले सचिवालयका लागि पनि गाडी आवश्यक पर्नु स्वाभाविक भएको पन्थीले बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo