किसानको पसिनादेखि महिलाको स्वास्थ्यसम्म समेट्ने नितिमा कार्कीका यी १० संकल्प [पूर्णपाठ]

किसानको पसिनादेखि महिलाको स्वास्थ्यसम्म समेट्ने नितिमा कार्कीका यी १० संकल्प [पूर्णपाठ]

केन्द्रबिन्दु
120
Shares

सर्लाही । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार नीतिमा भण्डारी कार्कीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेकी छन‍् । “सशक्त किसान, सक्षम महिला, समृद्ध सर्लाही क्षेत्र नं. १” भन्ने मूल नाराका साथ उनले क्षेत्रको सर्वाङ्गीण विकासका लागि १० बुँदे कार्ययोजना अघि सारेकी हुन् ।

सार्वजनिक घोषणा पत्रमा उम्मेदवार कार्कीले राजनीतिलाई केवल आश्वासनको खेल मात्र नभई जनतासँगको “करार सम्झौता” का रूपमा परिभाषित गरेकी छन् । उनले आफ्नो कार्यकालमा प्रतिबद्धता पूरा नभए जनताको मूल्यांकन र प्रश्न स्वीकार गर्ने लोकतान्त्रिक संस्कारको विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

सर्लाहीलाई कृषिको मेरुदण्ड मान्दै कार्कीले किसानको पसिना खेर जान नदिने योजना अघि सारेकी छन् ।

-किसानको उत्पादनको न्यूनतम समर्थन मूल्य कार्यान्वयन
-बजारमा बिचौलिया नियन्त्रण
-कृषि उत्पादन संकलन तथा विक्री केन्द्र स्थापना
-आधुनिक कृषि प्रविधिको प्रयोग र वृहत मात्रामा खेती गरी उत्पादन लागत घटाउने नीति
-सहज रुपमा कृषी ऋण, क्षती कमगर्न बीमाको प्रभावकारी कार्यान्वयन, मलको सहज रुपमा उपलव्धता, उन्नत बीउ, नयाँ नयाँ प्रविधिको विस्तारको लागि तालिम
-सिंचाई र खानेपानीको स्थायी व्यवस्थानको लागि चुरेक्षेत्रमा वनपैदावर र मुहान संरक्षणको कार्यलाई व्यवस्थित रुपमा कार्यान्वयनमा ल्याइनेछ । कृषकको पसिना अब घाटामा जाँदैन ।

पर्यटन र सांस्कृतिक पहिचान

क्षेत्र नं. १ मा रहेका नाडिमन ताल र चितायन मन्दिरजस्ता धार्मिक तथा पर्यटकीय स्थलको स्तरोन्नति गर्ने उनको योजना छ। ६० बिघामा फैलिएको नाडिमन ताललाई रोजगारीको केन्द्र बनाउने र थारु संस्कृतिको संरक्षणका लागि ‘थारु सांस्कृतिक केन्द्र’ स्थापना गर्ने घोषणा पत्रमा उल्लेख छ। यस्तै, सर्लाहीको माछालाई ब्रान्डिङ गरी भारतीय माछाको एकाधिकार अन्त्य गर्ने उनको संकल्प छ।

स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन

महिला र बालबालिकाको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै कार्कीले दक्ष विशेषज्ञ सहितको ‘महिला तथा मातृ स्वास्थ्य केन्द्र’ स्थापना गर्ने बताएकी छन् । शिक्षा क्षेत्रमा सरकारी विद्यालयलाई प्रविधिमैत्री बनाउने, अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने र अपाङ्गता भएका बालबालिकाका लागि विशेष विद्यालयको व्यवस्था गर्ने उनको एजेन्डा छ।

घोषणा पत्र सार्वजनिक गर्दै उम्मेदवार कार्कीले भनिन्, “हामी राजनीति गर्न मात्र होइन, जवाफदेही शासन दिन आएका हौँ। जनआक्रोशलाई अब परिणाममा बदल्ने समय आएको छ।” उनले चुरे क्षेत्रको संरक्षण, व्यवस्थित ढल निकास र युवा स्वरोजगारका लागि स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्ने योजनालाई पनि जोड दिएकी छन् ।

[पूर्णपाठ]

१. कृषि प्राथमिकतामा राखेर क्षेत्रको विकास गरिनेछ-
बहुसंख्यक किसान भएको क्षेत्र भएकोले कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपम घोषणाः

  • किसानको उत्पादनको न्यूनतम समर्थन मूल्य कार्यान्वयन
  • बजारमा बिचौलिया नियन्त्रण
  • कृषि उत्पादन संकलन तथा विक्री केन्द्र स्थापना
  • आधुनिक कृषि प्रविधिको प्रयोग र वृहत मात्रामा खेती गरी उत्पादन लागत घटाउने नीति
  • सहज रुपमा कृषी ऋण, क्षती कमगर्न बीमाको प्रभावकारी कार्यान्वयन, मलको सहज रुपमा उपलव्धता, उन्नत बीउ, नयाँ नयाँ प्रविधिको विस्तारको लागि तालिम
  • सिचाई र खानेपानीको स्थायी व्यवस्थानको लागि चुरेक्षेत्रमा वनपैदावर र मुहान संरक्षणको कार्यलाई व्यवस्थित रुपमा कार्यान्वयनमा ल्याइनेछ ।
    कृषकको पसिना अब घाटामा जाँदैन ।
    २. सुक्खा तरकारी बनाउने तालिम, प्रशोधन केन्द्र ः
  • वेमौसमी सुक्खा तरकारी उत्पादन गर्ने तालिम
  • गाउँस्तरमा कृषि उत्पादनको प्रशोधन केन्द्र स्थापना
    चिस्यान केन्द र भण्डारण्रको व्यवस्था गरी उत्पादन कुहिने नभई, उचित समयमा लगानी अनुसारको प्रतिफल दिने गरी आयमा बदलिनेछ ।
    ३. नदी बेल्ट खेती — महिला नेतृत्व
  • महिला कृषि समूह सशक्तिकरण
  • उत्पादनदेखि बजारसम्म महिला सहभागिता
    महिलालाई प्रत्यक्षरुपा आय आर्जनमा सहभागी गराई आर्थिक विकासको नेतृत्वमा ल्याइनेछ ।
    ४. ६० बिघा नाडिमन ताल — गाउँ पर्यटन
  • ग्रामिण गाउँ पर्यटणमा विस्तार
  • महिला सञ्चालनमा होमस्टे
  • स्थानीय खाना, थारु र मधेसीको कला र संस्कृति प्रवद्र्धन
  • आन्तरिक र बाह्य पर्यटनको विकासले स्थानीय स्तरमा आय आर्जन र रोजगारीको व्यवस्था गर्ने
    ताललाई समग्रक्षेत्रको रोजगारीको स्रोत बनाइनेछ ।
    ५. थारु संस्कृति र धार्मिक पर्यटन
  • थारु सांस्कृतिक केन्द्र स्थापना गरी पहिचान बडाउने
  • होमस्टे आन्तरिक आम्दानी गरी गाउँको विकास गर्ने
  • धार्मिक पर्यटन पूर्वाधार
  • चिताइन मन्दिर क्षेत्र स्तरोन्नति
    सर्लाही क्षेत्र नं। १ राष्ट्रिय थारु संस्कृति र कला केन्द्रका रूपमा चिनिनेछ ।

६. माछा उद्योग — सर्लाही ब्रान्ड

  • माछाको प्रशोधन केन्द्र स्थापना
  • चिस्यान केन्द्र
  • आधुनिक प्याकेजिङ
  • स्थानीय ताजा माछाको राष्ट्रिय बजार विस्तार
    भारतीय माछाले बजार कब्जा गर्ने अवस्था अन्त्य गरि स्वदेशी उत्पादनलाई प्रश्रय दिइनेछ ।
    ७. सडक र नाला व्यवस्थापन
  • वैज्ञानिक ढल (नाला) प्रणाली
  • सडक स्तरोन्नति र विस्तार
  • बाढी व्यवस्थापन गरी विपद न्यूनिकरण गर्ने पूर्वाधारमा दीर्घकालीन योजना लागू गरिनेछ ।
    ८. सर्लाही–१ मा महिला अस्पताल
  • दक्ष विशेषज्ञ सहितको महिला तथा मातृ स्वास्थ्य केन्द्र
  • दक्ष स्त्री रोग विशेषज्ञ
  • आमा र बच्चाको अकाल मृत्युलाई रोक्न सुरक्षित प्रसूति सेवा
  • स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन महिलाको स्वास्थ्यमा सम्झौता रहित सुविधा ।
    ९. प्रविधिमैत्री शिक्षा र समावेशी समाज
  • डिजिटल कक्षा
  • सीपमूलक शिक्षा
  • सरकारी विद्यालयमा पनि क्रमसःअंग्रेजी माèयमबाट कक्षा संचालनको व्यवस्था
  • जेहेन्दार र गरीवीका रेखामुनी रहेकालाई छात्रवृत्तिको स्थायी व्यवस्था
  • सबैका लागि शिक्षा दिन बिचैमा पडाई छोड्ने प्रवृत्तिको अन्त्य गर्न उक्त समस्याको पहिचान गरी लागू गर्ने
  • प्रत्येक पालिकाहरुमा अपाङ्गता/फरक क्षमता भएका बालबालिकाका लागि विशेष विद्यालय शिक्षा अब प्रतिस्पर्धी र समावेशी हुनेछ ।
    १०. युवा रोजगारी
  • कृषि स्टार्टअप
  • महिलाले संचालन गर्ने उद्यममा प्रोत्साहन
  • स्थानीय कच्चा पदार्थ प्रयोग हुने उद्योगको विस्तार
    सर्लाही क्षेत्र नं. १ बाट अन्य पेशा वा व्यवसाय गर्न, क्षेत्र बाहिर जाने प्रथालाई क्रमसः घटाइनेछ ।

Skip This
Skip This
Logo