काठमाडौं
आयोगले १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ । आयोगले बुधबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहका बीच निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको हो । निर्वाचन परिणाम प्रतिवेदन बुझ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अब नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने बताएकी छिन् । उनले निर्वाचन परिणाम प्राप्त भइसकेकाले सरकार गठन प्रक्रिया सुरु हुने बताएको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया