काठमाडौं
निर्वाचन आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसद्हरुको प्रमाणपत्र दलहरुलाई पठाएको छ । समानुपातिक तर्फ प्रतिनिधित्व पाएका पाँचै राजनीतिक दलका प्रतिनिधिलाई आयोगले बुधबार साँझ नै सांसदमा निर्वाचित भएको प्रमाणपत्र पठाएको हो । "/>

आयोगले दलहरुलाई पठायो समानुपातिक सांसदको प्रमाणपत्र

आयोगले दलहरुलाई पठायो समानुपातिक सांसदको प्रमाणपत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
निर्वाचन आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसद्हरुको प्रमाणपत्र दलहरुलाई पठाएको छ । समानुपातिक तर्फ प्रतिनिधित्व पाएका पाँचै राजनीतिक दलका प्रतिनिधिलाई आयोगले बुधबार साँझ नै सांसदमा निर्वाचित भएको प्रमाणपत्र पठाएको हो । ‘समानुपातिकबाट निर्वाचित सांसद्हरुको प्रमाणपत्र सम्बन्धीत दललाई पठाएका छौ,’ आयोग प्रवक्ता नवराज ढकालले भने, ‘स्थानीय, प्रदेश, राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचिन सम्पन्न भयो ।’

यस अघि आयोगले प्रदेशसभा तर्फको समानुपातिक निर्वाचनमा निर्वाचित सांसदलाई आयोगमा बोलाएर प्रमाणपत्र वितरण गरेको थियो । यसैबीच नेपाली कांग्रेसले आयोगले एकमुष्ट रुपमा पठाएको प्रमाणपत्र बिहीबार देखि नै आफ्ना सांसदहरुलाई वितरण सुरु गर्ने भएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo