झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार बिहानै झापा आइपुगेका छन्। आसन्न निर्वाचनको प्रचारप्रसारका लागि झापा आइपुगेका लामिछानेले काँकरभिट्टाबाट धुलाबारी र चारआली हुँदै बिर्तामोडमा आएर सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपा झापाले जनाएको छ।
बिर्तामोडमा आयोजना गरिने एक संक्षिप्त कार्यक्रममा लामिछानेले स्थानीय मतदाता र कार्यकर्तालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। बिर्तामोडको कार्यक्रमपश्चात् उनले पूर्व-पश्चिम राजमार्गमा ‘रोड शो’ गर्दै दमक पुग्नेछन् ।
विशेषगरी झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता तथा पूर्व मेयर बालेन्द्र शाह (बालेन) चुनावी मैदानमा रहेका र त्यहाँ पनि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
लामिछाने आजै सुनसरी प्रस्थान गर्ने कार्यतालिका रहेको पनि पार्टी स्रोतले जनाएको छ।































प्रतिक्रिया