काठमाडौं । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशन (वाडा)को आयोजना र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतिमा पोखरामा ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ।
पहिलो संस्करणको भव्य सफलतापछि आगामी चैत्र ११ देखि १५ गतेसम्म पोखराको लेकसाइड, तालबाराही चोकस्थित खेल मैदानमा यस प्रदर्शनीको दोस्रो संस्करण आयोजना हुन लागेको हो। सवारी साधनको खरिद-बिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधिको विकासप्रति सवारी धनी, सम्भावित ग्राहक र सर्वसाधारणको बढ्दो रुचिलाई मध्यनजर गर्दै यो शो आयोजना गरिएको आयोजकले जनाएको छ।
सम्पूर्ण साना, मझौला तथा ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गर्दै आज फागुन १२ गते देखि १९ गते सम्म प्रदर्शनीकालागि स्टल बुकिङ्ग खुल्ला गरिएको छ।
प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज् प्रा.लि.ले गर्नेछ।





























प्रतिक्रिया