मैवाखोलाद्वारा उन्नत जातका किवीका बिरुवा वितरण

मैवाखोलाद्वारा उन्नत जातका किवीका बिरुवा वितरण

केन्द्रबिन्दु
39
Shares

फुुङ्लिङ । मैवाखोला गाउँपालिकाले ‘एक घर एक फलफूल बगैँचा विकास’ कार्यक्रमअन्तर्गत उन्नत जातका किवीका बिरुवा वितरण गरेको छ। गाउँपालिका कृषि शाखाका प्रमुख सुरेन्द्र राईका अनुसार, किसानहरूको आवेदनका आधारमा इलामबाट खरिद गरिएका हे–वार्ड जातका किवीका बिरुवा वितरण गरिएको हो।

कुल ३३ किसानले आवेदन दिएका थिए र आवेदन दिने सबैलाई ३०–१०० वटासम्म बिरुवा उपलब्ध गराइएको छ । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले किसानले पाएको बिरुवा बाहेक अन्य प्रजातिका बिरुवा नपाइने स्पष्ट पार्दै, बिरुवाको उचित स्याहार र अनुगमनको व्यवस्था गरिएको जानकारी दिए।

उहाँका अनुसार, बिरुवा रोपण र स्याहारमा ढिलाइ वा लापरबाही भएमा गाउँपालिकाबाट उपलब्ध गराइने सेवासुविधा रोक्का गर्न सकिनेछ। साथै, किसानले उत्पादन गरेको किवीको बजार व्यवस्थापनमा पनि आवश्यक सहजीकरण प्रदान गरिनेछ ।

यो कार्यक्रमले स्थानीय स्तरमा व्यावसायिक किवीखेती विस्तार गर्ने तथा किसानको आय वृद्धि गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ।

Logo