मकवानपुर
मकवानपुर प्रहरीले अबैध लागू औषध ४ सय किलो गाँजा सहित राक्सिराङ गाउँपालिका–८ ठूलो टोड्केका मानबहादुर मोक्तानलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले मोक्तानको घर खानतलासी गर्दा गाँजा फेला परेपछि उनलाई पक्राऊ गरि हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वमा जिल्ला प्रहरीका ८ र ईलाका प्रहरी कार्यालय मनहरीका ७ गरी १५ जनाको प्रहरी टोलीले गाँजा र मोक्तानलाई जिल्ला प्रहरी कार्यालय ल्याएको थियो ।
उनलाई लागू औषध नियन्त्रण ऐन ०३३ बमोजिम मुद्धा चलाउन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दिलिपराज झाले जानकारी दिए । सडक कम निर्माण भएको र विकट रहेको मकवानपुरको उत्तर–पश्चिम क्षेत्रमा गाँजा खेती गर्ने गरिएको छ । चेतनाको कमी, अन्न र तरकारी बालीबाट भन्दा चाँडै धेरै कमाउने लोभमा स्थानीयबासीले गाँजा खेती गर्ने गरेको बताईन्छ । यहाँ उत्पादीत गाँजा प्रहरीलाई छक्याउँदै चोरीको बाटो हुँदै भारत र देशका अन्य क्षेत्रमा पु¥याईने गरेको पाईन्छ ।
नागरिकबाट































प्रतिक्रिया