भोट दिएकोमा पछुताउन नपर्नेगरी काम गरेर देखाउनेछु : पदम गिरी

भोट दिएकोमा पछुताउन नपर्नेगरी काम गरेर देखाउनेछु : पदम गिरी

केन्द्रबिन्दु
54
Shares

पर्वत । एमालेका तर्फबाट पर्वतमा उम्मेदवार पदम गिरीले संघीय संसदले गर्ने काम भनेको ठूला योजनाको काम भएको बताएका छन् । उनले जनताको माग एकातिर काम अर्कातिर भएको उल्लेख गरेका छन् । चुनावी घरदैलोमा रहेका गिरीले संघीय संसदको भूमिका नीति निर्माण र कानुन निर्माण रहेको उल्लेख गरे ।

संघिय सांसदले ठूला-ठूला प्रोजेक्टको काम गर्नुपर्ने भएको र गाउँका सानातिना योजनाहरुको काम स्थानीय सरकारले गर्ने गिरिले बताए । आफूलाई जिताउने मतदाता कहिल्यै पनि पछुताउनु नपर्ने भन्दै गिरिले आफ्नो २ पटकको कार्यकालमा देखिनेगरी काम गरेको भन्दै चुनाव जित्न गाह्रो नभएको उल्लेख गरे । जनताको सुखदुखमा सदैव संगै रहने भन्दै पूर्वमन्त्री समेत रहेका गिरिले पर्वतका जनताको विश्वासमा आँच आउन नदिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मेरा अघिल्ला कार्यकालमा पर्वतमा धेरै काम भएका छन्, उनले भने “भौतिक पुर्वाधार संगै जिल्लाको समग्र विकासका लागि मैले योजना पार्नमा भुमिका खेलेको छु, धेरै कामहरु गर्न बाँकी छन्,ती कार्यहरु सम्पन्न गर्नका लागि सुर्यचिन्हमा सवैले मतदान गर्नुहोला।“ उनले थपे, ‘मैले वितेको ८ बर्षमा गलत काम गरेको छैन, मलाई चुनाव जित्न गार्हो थिएन तर यस पटक सूर्यमा केही बादल लागेकाले धेरै महेनत गर्नुपरिरहेको छ। ’

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा फागुन २१ गते हुने निर्वाचनमा कांग्रेस र एमालेका उमेदवार तेस्रोपटक आमनेसामने भएका छन् । गिरिको लडाई मुख्यगरी कांग्रेस नेता अर्जुनप्रसाद जोशी संगको हो । गिरीले जिते भने ह्याट्रिक जित हुन्छ । जोशीले जिते ह्याट्रिक हारबाट जोगिनेछन्।

उसोत पर्वतमा यसपाली नेकपा र रास्वपाका उम्मेदवार पनि बलियो रुपमा उभिएका छन् । नेकपाका तर्फबाट मनहरि तिमिल्सिना र रास्वपाबाट सागर भुसाल चुनावी मैदानमा छन् । यसपालिको पर्वतको चुनाव पनि निकै रोचक हुने देखिएको छ । लगातार दुईपटक सम्म विजयी भएका गिरीलाई यसपाली पहिलेजस्तो सहज भने छैन्। धरै कसरत गर्नुपर्ने देखिएको छ।

गिरिलाई युवाहरुको साथ र सपोर्ट उल्लेख्य मात्रमा रहनुले पनि जित्ने सम्भावना उत्तिकै मात्रमा रहेको देखिन्छ।

Skip This
Skip This
Logo