काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमध्ये मनाङमा कुनैपनि उम्मेदवार उठाउन सकेन । अन्य निर्वाचन क्षेत्रमा भने उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन् ।यस प्रदेशमा रास्वपाको कतिपय ठाउँमा चुनाव जित्ने सम्भावना देखिएको छ भने कतिपय ठाउँहरुमा निकै चुनौतीपुर्ण देखिएको छ । नवलपुर देखि मुस्ताङ सम्म ११ जिल्लाका १८ मध्य १७ वटा निर्वाचन क्षेत्रमा रास्वपाको चुनाव लाई निकै चासोका साथ हेरिएको छ ।
सवैभन्दा धेरै कास्कीमा ३ क्षेत्र स्याङ्जामा २,नवलपुरमा २,तनहुँमा २,बाग्लुङमा २ र गोरखामा २ निर्वाचन क्षेत्र रहेका छन् । अन्य जिल्लाहरुमा निर्वाचन क्षेत्र १ मात्र रहेका छन् । यहाँका भूगोलमा पुर्वमन्त्रीदेखि पटक पटक सांसद भैसकेका उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् । यहाँको निर्वाचन मध्य मुख्यगरी गोरखा,लमजुङ,तनहुँ र पर्वत यस्तै म्याग्दीको निर्वाचनलाई चासोका साथ हेरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्ने भनिएको र पुर्व प्रधानमन्त्री डाक्टर बावुराम भट्टराईले चुनाव जित्दै आएको गोरखा २ मा अहिले नेकपाका सादगी नेता तथा विधार्थी आन्दोलन देखी अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हुँदै नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सम्म भएका माओवादी आन्दोलनका कमाण्डर जेलनेल भोगेका राजनीतिमा पटक पटक पछाडि परेका कुनै हार नखाएका तर खारिएका नेता,२०५४ सालदेखि २०५८ सालसम्म विभिन्न ६ वटा मुद्दा खेप्दै ४ वर्ष लगातार जेल जीवन बिताएका नेताको प्रतिस्पर्धा लाई रोचक मानिएको छ । तत्कालीन सरकारले न्यौपानेको टाउको ल्याउनेलाई २५ लाख रुपैयाँ इनामको घोषणा समेत गरेको थियो । उमेरले ५२ वर्ष लागेका न्यौपाने पहिलो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न पार्टीले टिकट दिएको हो । यसअर्थमा पनि यहाँ अन्य उम्मेदवारहरुलाई प्रतिस्पर्धामा चुनौती देखिएको छ ।
लमजुङमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पनि ९ पटक चुनावी मैदानमा रहेका छन्। विधार्थी आन्दोलन देखीनै राजनीतिमा सक्रिय गुरुङले ८ पटक चुनाव लडिसकेका व्याक्ति हुन् । उनी ८ पटकमा ३ पटक निर्वाचनमा विजयी भए भने ५ पटक सम्म हार व्यहोरेका व्याक्ति हुन् । प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका र संघिय सरकारको सुचना तथा सञ्चार मन्त्री समेत भैसकेका गुरुङको उम्मेदवारीले यहाँको निर्वाचन पनि चासोका साथ हेरिएको छ।
तनहुँमा रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले दोस्रो पटकका लागि उम्मेदवारी दिएका छन्। यसअगाडी यसै क्षेत्रबाट वाग्लेले उपनिर्वाचनमा विजयी हाँसिल गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेल भएपछि रिक्त सो ठाउँमा उपनिर्वाचन भएको थियो। वाग्ले रास्वपाका वौदिक नेतामा पर्छन् । यसकारण पनि यहाँको निर्वाचनलाई चासोका साथ हेरिएको छ ।
म्याग्दीमा पुर्वमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा नेपाली वैज्ञानिकका नामले परिचित महावीर पुन चुनावी मैदानमा रहेका छन्। उनको राजनीतिक इतिहास भन्दा पनि व्याक्तित्वका कारण जेन जी आन्दोलन पछाडि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका पुन निर्वाचनकै लागि राजिनामा दिएर चुनावी प्रतिस्पर्धामा जानुले यहाँको निर्वाचन पनि निकै रोचक मानिएको छ ।
पर्वतमा २ पटकसम्म मन्त्री बनेका एमालेका पदम गिरी, नेपाली काँग्रेसका पुराना नेता तथा तिन पटकसम्म सांसद जितेका अर्जुनप्रसाद जोशी र नेपाली कम्युनिस्ट पार्टीका वौद्धिक युवानेता विचमा रास्वपाका सागर भुसालको प्रतिस्पर्धा निकै टक्कर रुपमा अगाडि बढ्नुले रोचक मानिएको छ ।
माओवादीको पकट मानिने गोरखामा रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका नेताहरुको प्रतिस्पर्धामा रहनुले पनि यहाँका क्षेत्रको निर्वाचन रोचक हुने देखिएको छ । मनाङमा रास्वपाले उम्मेदवार नउठाए पनि दिपक मनाङे र काँग्रेसका टेकबहादुर खड्काले जित्दै आएको ठाउँमा ३ वटा मात्र उम्मेदवार चुनावी मैदानमा रहनुले यहाँको निर्वाचन रोचक मानिएको छ । देशमै सवैभन्दा कम मतदाता रहेको यस निर्वाचन क्षेत्रमा यशोदा गुरुङ सुवेदी २०३७ देखि वामपन्थी राजनीतिमा सक्रिय नेपाली कम्युनिस्ट पार्टीकी प्रभावशाली नेतृ प्रतिस्पर्धामा छिन् ।उनी संविधानसभा सदस्य, प्रतिनिधिसभा सदस्य र विधायन समिति सभापतिको रूपमा महत्त्वपूर्ण संसदीय तथा राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेकी व्याक्ति हुन् । यहाँ मंगोल नेशनल अर्गनाइजेसनका राम बहादुर घले कुखुराको भाले लिएर प्रतिस्पर्धामा रहेका छन् ।
यहाँ प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङको कानुनी अवस्था हाल सर्वोच्च अदालतमा विचाराधीन छ । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएको भन्दै दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले २०७९ फागुनमा उनलाई दोषी ठहर गर्दै १ करोड २१ लाख ८४ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। उक्त फैसलापछि उनी सांसद पदबाट निलम्बित भएका थिए। तर जेल सजाय नभई जरिवाना मात्र भएको दाबी गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए र २०८० चैतमा सर्वोच्चले उनको निलम्बन फुकुवा गरिदिएको थियो, जसअनुसार उनले अघिल्लो कार्यकालमा सांसदको जिम्मेवारी निर्वाह गर्न पाएका थिए।
हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चको सो निर्णयविरुद्ध पुनरावलोकन निवेदन दिएको छ र मुद्दा पुनः सर्वोच्चमै विचाराधीन अवस्थामा रहेको छ। प्रचलित कानुनअनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा अन्तिम अदालतबाट दोषी ठहर नभएसम्म उम्मेदवारी दिन रोक लाग्दैन, त्यसैले उनले चुनाव लड्न पाएका हुन्। यदि उनी निर्वाचन जिते भने सांसदका रूपमा निर्वाचित हुनेछन् र मुद्दाको अन्तिम टुंगो नलागेसम्म काम गर्न पाउनेछन्।
तर भविष्यमा सर्वोच्च अदालतले विशेष अदालतको फैसला सदर गर्दै दोषी ठहर कायम राखेमा उनको सांसद पद स्वतः खारेज हुनेछ।
धेरै उम्मेदवार उठ्नुले नवलपुरलाई उत्तिकै चासोका साथ हेरिएको छ ।
गण्डकी प्रदेशमा कुल मतदाता १८७००५१ रहेका छन्, जसमा पुरुष ९१४५३५, महिला ९५५५१६ र अन्य ० मतदाता समावेश छन्। यिनै मतदातामा आफ्नो मत पोल्टामा पार्न र विजयी हाँसिल गर्न उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । यहाँ विशेष गरि रास्वपाका उम्मेदवारको प्रतिस्पर्धा कुन पार्टी र उम्मेदवारसंग रहेको छ भन्ने कुरालाई प्रस्तुत गर्न खोजिए पनि सवै दल सवै उम्मेदवारहरु एक आपसमा चुनावी प्रतिस्पर्धामा रहेका छन् । यहाँ विशेष गरी नेपाली काँग्रेस,नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी नेकपा र राष्ट्रिय पजातन्त्र पार्टी राप्रापाका उम्मेदवारहरु विचकै प्रतिस्पर्धा लाई मुख्य मानिएको छ । चुनावी मैदानमा आँफूलाई नयाँ दल भन्दै घण्टि चुनाव चिन्ह लिएर चुनावमा होमिएको रास्वपाको समग्रमा गण्डकी प्रदेशका जिल्लाहरुमा को को प्रतिस्पर्धामा छन हेरौँ ।
गोरखा १ मा रास्वपाका तर्फबाट जेन जी अगुवा सुधन गुरुङ चुनावी मैदानमा छन्। यहाँ गुरुङले नेपाली कांग्रेसका
प्रेम कुमार खत्री,नेकपा एमालेका राम चन्द्र लामिछाने,नेपाली कम्युनिस्ट पार्टी नेकपाका हरि राज अधिकारी र राप्रापाका केदार मणी खनाल संग प्रतिस्पर्धा गर्दैछन् । गोरखा २ मा कविन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन् । यहाँ नेपाली काँग्रेसका प्रकाश चन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ्ग (चक्रे मिलन) नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुल बहादुर बस्नेत संग प्रतिस्पर्धा गर्दैछन् । यहाँको निर्वाचनलाई चासोका साथ हेरिएको छ ।
लमजुङ १ मा धर्म राज के.सी. चुनावी मैदानमा छन् । यहाँ एमालेका उपाध्यक्ष तथा पुर्वमन्त्री पृथ्वी सुब्बा गुरुङ,नेपाली कांग्रेसका गम प्रसाद गुरुङ,नेपाली कम्युनिस्ट पार्टीका हरि जंग तमाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका केबिन्द्र जंग गुरुङ संग चुनाव प्रतिस्पर्धा हुँदैछ । पृथ्वी सुब्बा यहाँ ९ पटक चुनावमा उठेर चौँथो जितको खोजीमा रहेका छन् ।
कास्की १ मा खडक राज पौडेल चुनावी मैदानमा छन्। यहाँ नेपाली कांग्रेसका तिलक बहादुर रानाभाट,नेकपा एमालेका वैन बहादुर क्षेत्री अधिकारी,नेपाली कम्युनिस्ट पार्टी नेकपाका राजकाजी गुरुङ करण र राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबु राम थापा संग मुख्य प्रतिस्पर्धामा छन् पौडेल ।
कास्की २ मा उत्तम प्रसाद पौडेल चुनावी मैदानमा रहेका छन् । यहाँ नेपाली कांग्रेसका माधव प्रसाद वांस्तोला, नेकपा एमालेकी रश्मि आचार्य,नेपाली कम्युनिष्ट पार्टीकाहेम बहादुर थापा पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका हेम जङग गुरुङ संग उनको मुख्य प्रतिस्पर्धा रहेको छ ।
कास्की ३ मा बिना गुरुङ्ग घण्टी लिएर जितको दाउमा दौडिरेकी छिन् । यहाँ नेपाली कांग्रेसका मनोज गुरुङ्ग ,नेकपा एमालेका दामोदर पौडेल वैरागी,नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरी र राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुन प्रसाद खनाल विच मुख्य प्रतिस्पर्धा रहेको छ ।
तनहुमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति स्वर्णिम वाग्ले चुनावी मैदानमा छन् । उनको उम्मेदवारी संगै यो क्षेत्रलाई पनि चासोका साथ हेरिएको छ । यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई,नेकपा एमालेका भगवती न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीका विद्या नाथ ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशी विच वाग्लेको मुख्य प्रतिस्पर्धा रहेको छ ।
यस्तै तनहुँ २ मा श्रीराम न्यौपाने चुनावी प्रतिस्पर्धामा छन् । यहाँ नेपाली काँग्रेसका शंकर भण्डारी,नेकपा एमालेका केदार सिग्देल, नेपाली कम्युनिस्ट पार्टीका सोम बहादुर थापा र राष्ट्रिय पजातन्त्र पार्टीका याम बहादुर ठकुरी चुनावी मैदानमा छन् , यहाँ जम्मा मतदाता १२७५१५ रहेका छन् । जसमा ६१७१३ पुरुष मतदाता र ६५८०२ महिला मतदाता रहेका छन् ।
स्याङजा १मा धनन्जय रेग्मी चुनावी मैदानमा छन् । यहाँ रेग्मिको मुख्य भिडन्ड पुरानै दलका उम्मेदवार संग रहेको छ । उनका प्रतिस्पर्धीमा नेपाली काँग्रेसका भरत राज ढकाल,नेकपा एमालेका मिन प्रसाद गुरुङ्ग,नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरे र राष्ट्रिय प्रजातन्त्र पार्टी हुकुम बहादुर राना रहेका छन् ।
स्याङजा२ मा झवि लाल डुम्रे चुनवी प्रतिस्पर्धामा छन् । यहाँ नेपाली कांग्रेसका भागवत प्रकाश मल्ल, नेकपा एमालेका खिम बहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका पदम बहादुर वि.क. र राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन पाठक चुनावी मैदानमा छन् । यहाँ नेकपाले दलित समुदायबाट प्रदेशभरमा १ जना मात्र उम्मेदावार उठाउने मध्यमा विक पर्छन् । अन्य दलहरुले कुनैपनि दलित समुदाय लाई स्थान दिएका छैनन् ।
नवलपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम चुनावी मैदानमा छन् । यहाँ गौतमको मुख्य लडाईँ नेपाली कांग्रेसका बाल कृष्ण घिमिरे,नेकपा एमालेका भागिरथ सापकोटा,नेपाली कम्युनिस्ट पार्टीका लोक प्रसाद भुर्तेल र राप्रापाका दिपक चन्द्र बस्ताकोटी चुनावी प्रतिस्पर्धामा छन् ।
नवलपुर२ मा मनिष खनाल चुनावी मैदानमा रहेका छन् । यहाँ नेपाली काँग्रेसका ओम बहादुर घर्ती,नेकपा एमालेका तिल बहादुर महत क्षेत्री, नेपाली कम्युनिस्ट पार्टीका गणेश मान महतो र राष्ट्रिय प्रजातन्त्र पार्टी रुन कुमारी महतो विच प्रतिस्पर्धा रहेको छ ।
मुस्ताङमा अधितीय चन्द्र थकाली चुनावी मैदानमा छन् । यहाँ थकालीको प्रतिस्पर्धा नेपाली काँग्रेसका योगेश गौचन थकाली,नेकपा एमालेका, इन्द्र धारा डादु विष्ट ,नेपाली कम्युनिस्ट पार्टीका ङुटुक गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला लालचन बिच मुख्य प्रतिस्पर्धा रहेको छ ।
म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका घण्टी लिएर चुनावी मैदानमा छन् । यहाँ नेपाली कम्युनिष्ट पार्टीका अर्जुन बहादुर थापा,नेपाली कांग्रेसका कर्ण बहादुर भण्डारी,नेकपा एमालेका हरीकृष्ण श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्भर बहादुर सुवेदी र स्वतन्त्र उम्मेदवार पुर्व शिक्षामन्त्री महावीर पुन संग उनको प्रतिस्पर्धा रहेको छ ।
बाग्लुङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी सुशील खड्का चुनावी मैदानमा छन् । यहाँ उनी मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेस नेपाली कांग्रेसका भिम बहादुर श्रीस राना,नेकपा एमालेका हिरा बहादुर खत्री,नेपाली कम्युनिस्ट पार्टीका र जनमोर्चाका साझा उम्मेदवार कृष्ण प्रसाद अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रापाका कल्याण आचार्य रहेका छन् ।
बाग्लुङ २ मा सोम शर्मा लाई रास्वपाले टिकट दिएपछि उनी चुनावी मैदानमा रहेका छन् । यहाँ उनको प्रतिस्पर्धा नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरे अनिल , नेपाली काँग्रेसका टेक राज पौडेल,नेकपा एमालेका मन्जु शर्मा र राप्रापाका अञ्चल शाही विच रहेको छ । यस्तै अन्य उम्मेदवार पनि चुनावी मैदानमा रहेका छन् । यहाँ नेकपा र जनमोर्चाको तालमेल भएकोले शर्मालाई त्यती सहज देखिएको भने छैन ।
पर्वतमा सागर भुसाल चुनावी मैदानमा रहेका छन् । यहाँ नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशी,नेकपा एमालेका पदम गिरी,नेपाली कम्युनिस्ट पार्टीका मनहरी तिमिल्सना विच र राप्रापाका दुर्गा बहादुर मल्ल विच भुसालको प्रतिस्पर्धा रहेको छ । भुसाल लाई यहाँ हेभिओएट संग प्रतिस्पर्धा गर्नुपर्नेछ । यहाँको निर्वाचनलाई पनि चासोका साथ हेरिएको छ । पुर्व सांसद र पुर्वमन्त्री संगै वौद्धिक उम्मेदवारका विच भुसालको प्रतिस्पर्धा निकै चुनौतिपुर्ण देखिएको छ ।
यहाँको निर्वाचनमा कुन क्षेत्रमा कस्ले बाजी मार्छ ? त्यो भने फागुन २१ मा हुने निर्वाचन र उम्मेदवारहरुले प्राप्त गर्ने मतले नै निर्धारण गर्नेछ ।





























प्रतिक्रिया