‘अब कमाउने पालो तपाईंको’: आरवाईडी नेपालले ल्यायो आफ्नै वर्कसप, डेढ वर्षमै बाइकको मालिक बन्ने माैका

‘अब कमाउने पालो तपाईंको’: आरवाईडी नेपालले ल्यायो आफ्नै वर्कसप, डेढ वर्षमै बाइकको मालिक बन्ने माैका

केन्द्रबिन्दु
114
Shares

काठमाडाैं । नेपाली बजारमा बाइक भाडामा उपलब्ध गराउने एउटा भरपर्दो प्लेटफर्मको रूपमा पहिचान बनाउँदै गरेको ‘आरवाईडी नेपाल’ ले आफ्नो पहिलो वर्कसप सञ्चालनमा ल्याएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आरवाईडी नेपालले सेवालाई थप सुदृढ बनाउन अत्याधुनिक वर्कसप कपन, ढलाने ब्रिजनजिकै सञ्चालनमा ल्याएको हो । उक्त वर्कसपको उद्घाटन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी गरेका थिए । साथै, उद्घाटन समारोहमा नाडाका पूर्व अध्यक्ष कृष्णप्रसाद दुलाल, एसटीसी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेती, भेन्चर हायर पर्चेज प्रालिका सीईओ बाबुराम शर्मा, सीजी मोटर्सका सीईओ कपिल सिवाकोटी लगायत अटो क्षेत्रमा सम्बद्ध व्यक्तिहरूको उपस्थिति थियो ।

ग्राहकलाई गुणस्तरीय र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले आफ्नो पूर्वाधार र सवारी साधनको संख्यालाई मध्यनजर गर्दै वर्कसप सञ्चालनमा ल्याएको आरवाईडी नेपालका अध्यक्ष अभिषेक खतिवडाले जानकारी दिए । त्यस्तै उनले वर्कसप सञ्चालनमा आएपछि सेवा अझ व्यवस्थित र प्रभावकारी हुने र आगामी दिनमा सेवा विस्तार गर्दै शाखा तथा प्राविधिक केन्द्र स्थापना गर्ने योजना रहेको पनि बताए ।

सुरुवाती चरणमा हिरो सुपर स्प्लेन्डरका ५० वटा बाइकबाट आफ्नो सेवा यात्रा प्रारम्भ गरेको आरवाईडी नेपालले हाल आफ्नो क्षमता बढाएर १ सय वटा पुर्याएको छ । नयाँ वर्कसपमा अनुभवी प्राविधिक टोलीमार्फत बाइकको नियमित सर्भिसिङ, इन्जिन जाँच, ब्रेक तथा टायर परीक्षण, पार्ट्स प्रतिस्थापनलगायतका सेवा उपलब्ध गराइने बताइएको छ ।

‘अब कमाउने पालो तपाईंको’ भन्ने नारा राख्दै आएको आरवाईडी नेपाल काठमाडौंका सडकमा हजारौँ युवालाई रोजगारीको अवसर दिने उद्देश्यका साथ नयाँ बाइक भाडामा दिने एक प्लेटफर्म हो । कम्पनीले बजारमा रहेका पुराना र जीर्ण बाइकहरू भन्दा फरक, ब्रान्ड–न्यू बाइकहरू मात्र भाडामा उपलब्ध गराउँछ । राइडरहरूलाई पहिलो दिनदेखि नै कमाइ सुरु गर्ने अवसर दिने यस कम्पनीले प्रतिदिन ८०० रूपैयाँ मात्र भाडा तोकेको छ । यसमा कुनै पनि लुकेको शुल्क वा अतिरिक्त जटिलता नभएको बताइएको छ ।

आरवाईडी नेपालको उद्देश्य केवल बाइक भाडामा दिने कम्पनी मात्र नभएर राइडरहरूको भविष्य निर्माण गर्ने एउटा प्लेटफर्म बन्नु हो ।

साथै, राइडरलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूले भोग्ने समस्या समाधानमा कम्पनी अभिभावकको रूपमा प्रस्तुत भइरहेको छ । आरवाईडीले डिजिटल प्लेटफर्ममार्फत सहज बुकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । ग्राहकले अनलाइन प्रणालीमार्फत आफूलाई आवश्यक पर्ने समय र मोडेल छनोट गरी सेवा लिनसक्ने व्यवस्था रहेको पनि खतिवडाले जानकारी दिए ।

वर्कसप सञ्चालनसँगै अब बाइकको अवस्था अझ चुस्त राख्न मद्दत पुग्ने र आकस्मिक प्राविधिक समस्या समाधान छिटो गर्न सकिने कम्पनीले जनाएको छ । यो वर्कसप सञ्चालनले कम्पनीको सेवा गुणस्तर उकास्नुका साथै ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने विश्वास गरिएको खतिवडाले बताए । बाइक भाडा सेवामा प्रतिस्पर्धा बढिरहेको अवस्थामा आरवाईडी नेपालको यो पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

यसैगरी एसटीसी ग्रुपका प्रबन्ध निर्देशक तथा अटोमोवाइल व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले राइडरहरुलाई बाइक हस्तान्तरण गर्नुअघि आवश्यक सम्पूर्ण गाइडलाइन, सेफ्टी प्रोटोकलहरु सिकाउन आरवाईडी नेपाललाई ध्यान दिन सुझाए ।

नाडाका पूर्वअध्यक्ष तथा एफएनसिसीआईका केन्द्रिय सदस्य कृष्ण प्रसाद दुलालले नेपालमै रोजगारी सिर्जना गरेर विदेश पलायन रोक्न महत्वपूर्ण भूमिका खेलेकोमा आरवाईडी नेपाललाई शुभकामना दिए । त्यस्तै दुलालले छिट्टो कमाउने भन्दा पनि व्यवसायलाई बढाउने र टिकाउन ध्यान दिनुपर्ने बताए ।

त्यस्तै, सिजी मोटर्सका सीईओ कपिल सिवाकोटीले आरवाईडी नेपाल नेपालको भविष्य भएकाले बाइक भाँडामा लगाउने मात्र नभएर यसका लागि आवश्यक सबै इको सिस्टम बनाउन आरवाईडी नेपालका अध्यक्षलाई आग्रह गरे ।

आरवाईडी नेपालका निर्देशक बिदुर खतिवडाले ६ महिनाअघि नै नेपाली सडकमा परिक्षणका लागि उत्रिसकेको र उक्त समयावधिमा निकै राम्रो प्रतिफल पाएर आरवाईडी नेपाललाई अझै सक्रियताका साथ अघि बढाएको जानकारी दिए । त्यस्तै निर्देशक खतिवडाले आगामी आर्थिक वर्षमा १०० वटाबाट बढेर २०० वटा बाईक राइडर पुर्याउने जानकारी पनि दिए ।

त्यसैगरी भेन्चर हायर पर्चेज प्रालिका सीईओ बाबुराम शर्माले ठुलो भोल्यूममा कसैलाई बाइक फाइनान्समा नदिएको तर आरवाईडी नेपालको आइडिया र भविष्यका योजनाबाट प्रभावित भएर फाइनान्सका लागि झट्ट तयार भएको जानकारी दिए । त्यस्तै शर्माले विदेश जाने सोच बनाएका नेपालीलाई आरवाईडी नेपालको माध्यबाट रोक्न सकिने पनि बताए ।

आरवाईडी नेपालले राइडरलाई केवल भाडामा मात्र सीमित नगरी, डेढ वर्षमा आफ्नै बाइकको मालिक बन्न सक्ने मोडल पनि तयार गरेको छ । यसले राइडरको भविष्य निर्माणमा सहयोग पुग्नेछ । कम्पनीले राइडरहरुलाई सुरुमा हेल्मेट, फोन होल्डर, रेनकोटका साथसाथै एकपटक सगुनस्वरुप १५ सय को पेट्रोल पनि उपलब्ध गराउनेछ ।

Skip This
Skip This
Logo