काठमाडौं
आज सातौँ विश्व रेडियो दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘रेडियो र खेलकुद’ भन्ने नाराका साथ यसपालीको विश्व रेडियो दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले रुपन्देहीको बुटवलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमको दिउँसो एक बजे उद्घाटन गरिने अकोराबका महासचिव गोविन्द देवकोटाले जानकारी दिए ।
रेडियोको महत्व र योगदान तथा चुनौतिहरुको समीक्षा गर्ने दिनको रुपमा हेरिएको विश्व रेडियो दिवसको अवसरमा अकोराबका प्रदेश कमिटी तथा सामुदायिक रेडियोहरुको आयोजनामा आज देशभर विविध कार्यक्रमको आयोजना गरिएको छ ।
आज भन्दा ७२ वर्ष अघि संयुक्त राष्ट्रसंघिय रेडियो स्थापना भएको दिनको सम्झनामा सन् ०१२ बाट संयुक्त राष्ट्र संघको आह्वानमा फ्रेब्रुवरी १३ लाई विश्व रेडियो दिवसको रुपमा मनाउन थालिएको हो । नेपालमा सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको सङ्ख्या ८३१ पुगेको छ । यसमध्ये नियमित प्रसारण गर्न थालेका रेडियोको सङ्ख्या भने ६५० छ । नेपालमा सञ्चालनमा रहेका सामुदायिक रेडियोको सख्या ३१५ नाघिसकेको अकोराबका महासचिव देवकोटाले जानकारी दिए । देशभर सञ्चालनमा रहेका सामुदायिक रेडियोले ७० भन्दा धेरै भाषामा कार्यक्रम र समाचार प्रसारण गरिरहेका छन् ।





























प्रतिक्रिया