विश्वकप लिग-२ को तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण घोषणा

विश्वकप लिग-२ को तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण घोषणा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आगामी श्रृंखलाका लागि बन्द प्रशिक्षणमा रहने २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको यस टोलीमा अनुभवी खेलाडीहरूसँगै केही युवा प्रतिभाहरूलाई पनि स्थान दिइएको छ। टोलीको उप-कप्तानमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन्।

घोषित टोलीमा स्टार स्पिनर सन्दीप लामिछाने, तीव्र गतिका बलर सोमपाल कामी र करण केसी रहेका छन्। ब्याटिङतर्फ कुशल भुर्तेल, आसिफ शेख र भीम सार्कीले आफ्नो स्थान सुरक्षित गरेका छन् भने विकेटकिपर ब्याटरका रूपमा अर्जुन साउद टोलीमा छन्।

यस पटकको बन्द प्रशिक्षणमा हेमन्त धामी, आकाश चन्द, रिजन ढकाल र नन्दन यादव जस्ता युवा बलरहरूलाई पनि समावेश गरिएको छ। उनीहरूले प्रशिक्षणको प्रदर्शनका आधारमा अन्तिम टोलीमा स्थान बनाउने मौका पाउनेछन्।

खेलाडीहरू

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बशिर अहमद, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहब आलम, शेर मल्ल, इसान पाण्डे, आकाश चन्द र हेमन्त धामी।

Logo