दाङमा मतदान केन्द्र अपाङ्गमैत्री बनाउने माग

दाङमा मतदान केन्द्र अपाङ्गमैत्री बनाउने माग

केन्द्रबिन्दु
18
Shares

तुलसीपुर। मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरू समस्या भोगिरहेका छन्। विगतका मतदानमा अपाङ्ग व्यक्तिहरूले धेरै कठिनाइ भोगेका थिए।

राप्ती बहिरा सङ्घ दाङका अध्यक्ष अजय शर्माले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान केन्द्रहरू अपाङ्गमैत्री हुनुपर्ने बताए। टेबलहरू अग्ला हुँदा होचा व्यक्तिले मतदान गर्न गाह्रो हुने अवस्था देखिएको छ। मदतान केन्द्रमा दोभासे नहुँदा बुझ्न पनि कठिनाइ भएको जानकारी उनले दिए।

शर्माले भने, “होचा व्यक्तिलाई अग्ला टेबलमा पुग्न गाह्रो हुन्छ, जसले गर्दा भोट मिसिन सक्ने सम्भावना हुन्छ। अपाङ्गता भएका व्यक्तिहरू सहजै मतदान केन्द्रमा जान सक्दैनन्।”

दृष्टिविहीन शिक्षक रामबहादुर खड्काले निर्वाचनमा अपाङ्ग व्यक्तिहरूलाई विभेद हुने गरेको बताए। सरकारी शिक्षक भए पनि निर्वाचनको कामकाजमा खटाउन नपाइएको उनले गुनासो गरे। गत वर्ष एक जना शिक्षकलाई निर्वाचनको कामका लागि छनोट गरिएको भए पनि काम गर्न नसक्ने भन्दै फर्काइएको पनि उनले जानकारी दिए।

Skip This
Skip This
Logo