कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा भविष्य नभएको भन्दै बाजुरा जिल्ला सचिव पूर्णबहादुर बुढाले पार्टी परित्याग गरेका छन् ।
पार्टी परित्याग गरेसंगै बुढा एमालेमा प्रवेश गरेका छन् । उनलाई केन्द्रीय सदस्य कर्णबहादुर थापा र नरेश रोकायाले औपचारिक रूपमा एमालेमा स्वागत गरे ।
एमाले केन्द्रीय सदस्य थापाले बुढाको संगठनात्मक अनुभव र क्षमताले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै बाजुरामा एमालेको जनाधार विस्तारमा बुढाको भूमिका महत्वपूर्ण हुने बताए।
एमालेमा आबद्ध हुँदै बुढाले आफ्नो राजनीतिक यात्राको नयाँ मोड सुरू भएको घोषणा गरेका छन्।
स्थानीय तहदेखि जिल्ला तहसम्म संगठन निर्माणमा सक्रिय भूमिका खेलेका बुढा पछिल्लो दुई वर्षदेखि रास्वपामा आवद्ध भई जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । रास्वपामा देश परिवर्तनका लागि स्पष्ट नीति तथा दीर्घकालीन कार्यदिशा नदेखिएकाले आफू पुनः एमालेमा फर्किएको उनको भनाइ छ । बाजुरामा एमालेबाट लालबहादुर थापा उम्मेदवार छन् ।































प्रतिक्रिया