काठमाडौं
वैदेशिक रोजगारीमा गएकै समयमा विश्वका विभिन्न मुलुकमा ज्यान गुमाउने नेपाली कामदारको संख्या बढदो छ । रोजगारीमा गएका नेपाली मध्ये दैनिक सरदर तीन जनाको मृत्यु हुने गरेको छ । "/>

वैदेशिक रोजगारीमा मृत्यु हुनेको संख्या वर्षेनी वढ्दै

वैदेशिक रोजगारीमा मृत्यु हुनेको संख्या वर्षेनी वढ्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
वैदेशिक रोजगारीमा गएकै समयमा विश्वका विभिन्न मुलुकमा ज्यान गुमाउने नेपाली कामदारको संख्या बढदो छ । रोजगारीमा गएका नेपाली मध्ये दैनिक सरदर तीन जनाको मृत्यु हुने गरेको छ । नेपालबाट वैदेशिक रोजगारीका लागि दैनिक दुई हजार भन्दा बढी युवा विदेसिने गरेका छन् । वैदेशिक रोजगारीकै समयमा मृत्यु भएका कामदारले पनि सरकारबाट क्षतिपूर्ति पाउन सकेका छैनन् । तर सरकारबाट भने दैनिक दुई जनाले मात्रै आर्थिक सहायता पाउने गरेको वैदेशिक रोजगार प्रवद्र्वन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले बताउँछन् ।

बोर्डले कल्याणकारी कोषमा रकम जम्मा गरेको, बिमा गरेको र वैधानिक रूपमै काम गरिरहेको अवस्थामा ज्यान गुमाएकालाई मात्रै आर्थिक सहायता वितरण गर्दै आएको छ । उनी भन्छन् , ‘विदेश जानुपूर्व सम्बन्धित देशको हावापानी, रहनसहन, सीप तथा भाषाको जानकारी दिन सकियो भने मर्नेको संख्यामा कमी आउन सक्छ ।’ वैदेशिक रोजगारीकै क्रममा चालू आवको माघ २१ गते सम्म ४५५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाएकालाई बोर्डले सोही अवधि सम्म २३ करोड ६ लाख २० हजार आर्थिक सहायता उपलब्ध गराइसकेको छ । गत आर्थिक वर्ष २०७३,७४ मा वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएका सात सय सय ३७ जनाले बोर्डबाट २२ करोड ८७ लाख ६० हजार रुपैयाँ राहत लिएका थिए ।

यसैगरी बोर्डले गत आवमै रोजगारीमा रहेकै बेला अंगभंग र अशक्त भएका २०६ जनालाई ६ करोड रुपैयाँ राहत दिएको थियो । विभागले गत आवमा शव ल्याउन ५० लाख, शव सम्बन्धित व्यक्तिको घर सम्म पुर्‍याउन एक करोड ८० लाख, विदेशमा अलपत्र परेका कामदारको उद्धारमा ५० लाख र कामदारलाई कानुनी सहयोगमा ६५ लाख रुपैयाँ खर्च गरेको काफ्ले बताउँछन् । बोडले श्रम स्वीकृति लिएर गएका वैधानिक कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट राहत रकम वितरण गर्दै आएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo