नवलपरासी
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व ) रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । "/>

विहेको अघिल्लो रातबाट बेपत्ता बालकृष्णको अवस्था एकसाता सम्म अज्ञात

विहेको अघिल्लो रातबाट बेपत्ता बालकृष्णको अवस्था एकसाता सम्म अज्ञात

केन्द्रबिन्दु
0
Shares

नवलपरासी
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व ) रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । गत माघ २२ गते मध्यरात १२ बजेपछि आफ्नै घरबाट बेपत्ता भएका खरेलको एक साता बितिसक्दा पनि कुनै पत्ता नलागेपछि उनी एकाएक बेपता हुनुलाई निकै आश्चर्य का रुपमा लिइएको छ ।

बेपत्ता भएका खरेलको कसैसँग रिस राग समेत नभएको पारिवारिक स्रोतले जनाएको छ । २८ वर्षीय युवा खरेल विगत ९ वर्ष देखि वैदेशिक रोजगारीका क्रममा स्पेनमा रहँदै आएका थिए । करिब दुई महिना अघि मात्र प्रवासबाट घर फर्किएका उनको भोलिपल्ट विवाहको कार्यक्रम रहेको थियो ।

बेपत्ता खरेलको खोजीका लागि उनका आफन्त र अमरापुरीका स्थानीयवासीले स्थानीय प्रशासन सहित सबै सरोकारवालालाई अपिल गरेका छन् । आफ्नो निकटतम साथी घरैबाट एकाएक बेपत्ता भएपछि स्थानीय युवाहरु सहित सिंगो अमरापुरी अहिले चिन्ता ग्रस्त भएको छ । अत्यन्तै मिलनसार र अनुशासित युवा खरेललाई अविलम्ब खोजी गरी घर फर्काउन समेत स्थानीयवासीले माग गरेका छन् ।
रासस

Logo