काठमाडौं
शेर बहादुर देउवा नेतृत्वको सरकार प्रति ब्यङ्ग्य स्वरुप माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले १ रुपैयाँ संकलन अभियान शुरु गरेको छ । काम चलाउ सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा व्रम्हलुट मच्चाएको आरोप लगाउँदै क्रान्तिकारीले उपत्यका लगायत देशका सबै प्रमुख शहरहरुमा १ रुपैयाँका दरले चन्दा संकलन गरि जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री देउवालाई बुझाउने कार्यक्रम तय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
बस्नेतले भने – ‘प्रधानमन्त्रीलाई आफ्ना दलका कार्यकर्ता भरणपोषण गर्न जति गरे पनि पुगेन । त्यसैले हामीले उहाँलाई चन्दा संकलन गरिदिन लागेका हौँ।’ देउवाले हदै सम्म ब्रह्मलुट गर्न थालेपछि सांकेतिक विरोध र भण्डाफोर अभियान चलाउन बाध्य भएको बस्नेतले दावी गरे । प्रधानमन्त्री देउवालाई १ रुपैयाँ अभियान हिजोबाटै उपत्यकाका कलेजहरुबाट शुरु भएको छ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया