काठमाडौं। नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेशका पुर्वमन्त्री समेत रहेका वेदबहादुर गुरुङले नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै गुरुङले सुर्यमा भोट दिन चित्त नबुझे तारामा दिन आम जनसमुदायलाई आह्वान गरेका हुन् ।
बामपन्थी मतहरु बुर्जुवा पार्टीमा जानुले बाम आन्दोलननै धरासाही हुने भन्दै तारा चिन्हमा मतदान गर्न आग्रह गरेका हुन्। उनले सामाजिक सञ्जाल फेशवुकमा लेखेका छन्, ‘मत परिवर्तनको नाममा बुर्जुवा पार्टीलाई भोट हालेमा तिनीहरू फेरि बामपन्थी पार्टीमा फर्केर आउने सम्भावना कम हुन्छ अर्थात् तिनीहरू सधैंको लागि बुर्जुवा वर्गमा पलायन हुन सक्छन्।अर्को पालीको निर्वाचनमा नेपालमा बामपन्थी कम्युनिस्ट पार्टीहरू रक्षात्मक र कमजोर हुन सक्छन् ।’ सुर्यमा चित्त नबुझे तारामा भोट हालौँ अन्यत्र भोट नहालौँ उनले आम मतदातालाई अपिल गरेका छन् ।






























प्रतिक्रिया