‘हामीले पार्टी विभाजन गर्न खाेजेका हाेइनाैं, यसले निकास दिंदैन’ : नारायणकाजी श्रेष्ठ

‘हामीले पार्टी विभाजन गर्न खाेजेका हाेइनाैं, यसले निकास दिंदैन’ : नारायणकाजी श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विभाजनको निकास नखोज्ने बताएका छन्।

पार्टीभित्र नेतृत्वको विषयमा विवाद बढ्दै जाँदा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको शीर्ष पाँच नेताको अनौपचारिक बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन्।

पार्टी कार्यालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठको सहभागीतामा बैठक बसेको थियो।

उनले पार्टी एकतालाई विभाजनमा धकेल्ने कुरा नेपाली जनता, राष्ट्र र कम्युनिस्ट आन्दोलनको पक्षमा नहुनेसमेत बताए।

‘हामी विभाजनमा निकास खोज्दैनौँ। त्यो उपयुक्त होइन। हामीले धेरै मिहनत गरेर र महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर पार्टी एकता गरेका हौँ’, प्रवक्ता श्रेष्ठले भने, ‘यो पार्टी एकताको अहिलेको असफलता वा पार्टीलाई विभाजनमा धकेल्ने कुरा नेपाली जनता, राष्ट्र र कम्युनिस्ट आन्दोलनको पक्षमा हुँदैन।’

उनले पार्टी विभाजनको बाटोले विदेशी प्रतिक्रियावादीको सेवाको काम गर्ने हुँदा त्यो नसोचेको उल्लेख गरे।

‘पार्टी विभाजनको कुरा चाहिँ देशी र विदेशी प्रतिक्रियावादीको सेवा गर्ने काम हुन्छ’, उनले भने, ‘यो गर्नु हुँदैन भन्ने हाम्रो धारणा छ।’अन्नपूर्णबाट

Skip This
Skip This
Logo