ललितपुर ।

हिमाली र उच्च पहाडी जिल्लावासीले जडीबुटी संरक्षणसँगै त्यसबाट मनग्य आम्दानी लिन थालेका छन् । "/>

जडीबुटी संकलनबाट व्यावसायिक बन्दै किसान

जडीबुटी संकलनबाट व्यावसायिक बन्दै किसान

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

हिमाली र उच्च पहाडी जिल्लावासीले जडीबुटी संरक्षणसँगै त्यसबाट मनग्य आम्दानी लिन थालेका छन् । 

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजना मार्फत १० जिल्लाका किसानले जडीबुटीलाई आर्थिक उपार्जनको माध्यम बनाउन थालेका हु्न् । 

चिराइतो, अल्लो जटामसीलगायत जडीबुटीको संकलन भइरहेको उल्लेख गर्दै परियोजनाका निर्देशक विजयकान्त झा भन्नुहुन्छ, “अहिले जंगलमा कुहिएर खेर जाने जडीबुटीबाट त्यहाँका किसानले राम्रो आम्दानी थालेका छन् ।” 

परियोजनाले नेपालगञ्ज, भैरहवालगायतका स्थानमा यस्ता जडीबुटी प्रशोधनका लागि उपकरण किन्न चाहने उद्योगलाई अनुदान सहयोग गरेको र संकलन भएका जडीबुटी यिनै उद्योगबाट प्रशोधन हुँदै आएको छ । 

स्थानीयवासीलाई संकलनसँगै संरक्षणसमेत सिकाइएको परियोजना निर्देशक झा बताउनुहुन्छ । सामुदायिक जंगलमा जडीबुटीको संकलन र संरक्षण भइरहेको हो । उहाँ भन्नुहुन्छ, “हामीले भविष्यसम्म त्यसबाट फाइदा लिइरहन पनि संरक्षणका कार्यक्रम सँगसँगै लगेका छौँ ।” यी जिल्लामा ८७ वटा सहायक परियोजनामार्फत कार्यक्रम सञ्चालन भइरहेका छन् । 

कृषि उत्पादन कम हुने र आम्दानीका हिसाबले कमजोर रहेका स्थानका किसानलाई व्यावसायिक बनाउनका लागि परियोजना सञ्चालनमा ल्याइएको र ती स्थानमा उत्पादित जडिबुटी केन्द्रित सहायक परियोजना सञ्चालित छ । 

परियोजनाले सहायक परियोजनामार्फत त्यहाँ सम्भावना भएको क्षेत्रमा अनुदान सहयोग गरिरहेको छ । कुषि विकास कार्यालय र पशुसेवा कार्यालयमार्फत सञ्चालन भइरहेको यो परियोजनाको अवधि आगामी असारसम्म रहने त्यसपछि कार्यक्रम स्थानीय निकायमा हस्तान्तरण गर्ने योजना छ । 

Skip This
Skip This
Logo