मोरङ ।

मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । "/>

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

केन्द्रबिन्दु
0
Shares

मोरङ ।

मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन । 

पैनीमा डुबेर मृत्यु 

यस्तै मोरङको रंगेली नगरपालिकामा पैनीमा शनिबार एक महिलाको रंगेली नगरपालिका–८ झमनपुरस्थित पैनीमा डुबेर मृत्यु भएको छ । रंगेली–९ बस्ने ५५ वर्षीया कामो ताजपुरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । रासस

Logo