पोखरा
प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आइतबार प्रदेशसभा संसदीय दलको बैठक आह्वान गरेको छ । त्यही बैठकले दलको नेता छान्ने भएको छ । बैठकले छानेको दलको नेता नै प्रदेश–४ को मुख्यमन्त्री बन्नेछन् । संसदीय दलको नेता बन्न एमालेका प्रदेश–४ संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ लागि परेका छन् । दुवै जना दलको नेता बन्ने चाहना सहित दौडधूप र भेटघाटमा व्यस्त छन् । वाम गठबन्धनका वरिष्ठ नेताहरूले भागबन्डामा एमालेलाई प्रदेश–४ को मुख्यमन्त्री पारेपछि दलको नेता बनेर मुख्यमन्त्री हाँक्ने आकांक्षामा गुरुङद्वय लागि परेका छन् ।
गुरुङद्वयको प्रतिस्पर्धाले दलको नेता को हुने भन्ने निकै नै रोचक बनेको छ । प्रदेश भित्र सम्बन्धित दलको संसदीय दलको नेता नै मुख्यमन्त्रीको दाबेदार बन्ने प्रावधान छ । प्रदेशमा एमालेका २७ जना सदस्य छन् ।
नागरिकबाट































प्रतिक्रिया