ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लामा मतदान बिथोलिएको र गोली चल्दा एक जना घाइते भएको भनी सामाजिक सञ्जालमा फैलाइएको सूचना पूर्ण रूपमा भ्रामक र गलत रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले स्पष्ट पारेको छ ।
बिहीबार “सुशासन सञ्चार” नामक फेसबुक पेजबाट ओखलढुङ्गामा मतदान बिथोलिएको र गोली चल्दा एक जना घाइते भएको भन्ने अपुष्ट र भ्रामक समाचार सम्प्रेषण भएपछि प्रहरीले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको खण्डन गरेको हो।
हाल जिल्लामा मतदान कार्यक्रम शान्तिपूर्ण वातावरणमा भइरहेको बताइएकाे छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक मदन के.सी.द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गलत अफवाह फैलाउने व्यक्तिको पहिचान तथा खोजतलास गरी कानुन बमोजिम आवश्यक कारबाही गरिनेछ।”





























प्रतिक्रिया