काठमाडौं

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । "/>

रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख दिने सरकारको निर्णय

रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख दिने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उपचारका लागि भन्दै मन्त्री प्रधानले आफैंले प्रस्ताव गरेपछि उनका लागि ५० लाख दिने निर्णय भएको पनि ती मन्त्रीले जानकारी दिए । यस्तै बैठकमा विभिन्न मन्त्रीको प्रस्तावमा १ हजार भन्दा बढीलाई करोडौं रुपैयाँ वितरण गर्ने सम्बन्धमा छलफल भए पनि निर्णय नभएको स्रोतले जानकारी दिएको छ।

सहायता वितरण सम्बन्धी प्रस्ताव गृह मन्त्रालयबाट आउनु पर्नेमा केही मन्त्रीको ठाडो प्रस्तावमा करोडौं रुपैयाँ बाँड्दा गलत सन्देश जाने भन्दै प्रशासनिक अधिकारीले सुझाव दिएपछि प्रधानमन्त्री निर्णयबाट पछि हटेका हुन् । यसअघि सरकारले १५ सय भन्दा बढीलाई झन्डै ४० करोड वितरण गरिसकेको छ।

यसैगरी मन्त्रिपरिषद बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको समितिले बुझाएको प्रतिवेदन पारित गरेको छ । त्यस्तै मन्त्रिपरिषद बैठकले राष्ट्रकवि माधव घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी सम्मान प्रदान गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo