जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएपछि धनुषा क्षेत्र नम्बर १ मा मतगणना हुने–नहुने विषयमा अन्योलता कायमै छ ।
धनुषा–१ का मुख्य निर्वाचन अधिकृत मनोज बरालले उम्मेदवारी खारेज भए पनि चुनाव चिन्ह भने कायम रहेको बताए । चिन्ह कायम रहेको अवस्थामा खसेको मतको के हुने भन्ने विषयमा अन्योलमा रहेको उनले जानकारी दिए ।
बरालका अनुसार यो विषयमा निर्वाचन आयोगलाई जानकारी गराइसकिएको छ । आयोगबाट पत्राचारमार्फत निर्देशन आउनेबित्तिकै सोही अनुसार अगाडि बढ्ने तयारी गरिएको छ ।





























प्रतिक्रिया