भक्तपुर -१ मा रास्वपाकाे अग्रता कायमै

भक्तपुर -१ मा रास्वपाकाे अग्रता कायमै

केन्द्रबिन्दु
30
Shares

भक्तपुर | भक्तपुर क्षेत्र नं. १ मा जारी मत गणनाले देशभरकै ध्यान तान्न सफल भएको छ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ‘अभेद्य किल्ला’ मानिने यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रञ्जितले सुरुवाती अग्रता लिएर सबैलाई अचम्ममा पारेका छन्।

रास्वपाले ६,६७२ मत ल्याएकाे छ भने नेमकिपाले ३,४६३ मत पाएकाे छ ।

अहिले भइरहेको मत गणना मुख्यतया चाँगुनारायण नगरपालिका क्षेत्रको हो। ऐतिहासिक रूपमा चाँगुनारायण क्षेत्रमा नेमकिपाभन्दा कांग्रेस र एमालेको बलियो उपस्थिति रहने गरेकोमा यस पटक भने ‘घण्टी’ को लहर देखिएको छ। सुरुवाती ३ हजार मतको अग्रताले नेमकिपाका समर्थकहरूमाझ केही चिन्ता बढाए पनि पार्टीले अझै आशा मारिसकेको छैन।

नेमकिपाका कार्यकर्ताहरू भक्तपुर नगरपालिका (कोर सिटी) को मत गणना सुरु भएपछि नतिजा उल्टिनेमा ढुक्क देखिन्छन्।

Logo