काठमाडौं ।
सोनीको शोरुम काठमाडौंको दरवारमार्ग स्थित शेर्पा मलमा सञ्चालनमा आएको छ । सोनीको नेपालस्थित आधिकारीक विक्रेता नेपा हिमा ट्रेडलिंकले बिहिबारवाट उक्त शो रुम सञ्चालनमा ल्याएको हो ।
एक कार्यक्रमकावीच सोनीको विजनेस हेड जेरेमी हेङ निर्देशक निश्चल वस्नेत र नेपाहिमा ट्रेडलिंकका कार्यकारी दिर्नेशक राजेश तुलाधरले उक्त शोरुमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त शोरुममा सोनीको नेपालमा उपलब्ध सवै रेञ्जका उत्पादनहरु उपलब्ध हुने कम्पनिले जनाएको छ । सोनीको व्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्ट फोन, अल्फा र साइवरसट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडिआरसिरिजमा हेडफोनहरु नेपाली बजारमा उपलब्ध छन् ।
यसअघि सोनीे शोरुम कान्तिपथ, जाउलाखेल र लबिम मल गोंगोवुमा सञ्चालनमा आइसकेको छ ।





























प्रतिक्रिया