काठमाडौं -८ मा रास्वपाका विराजभक्तको सानदार जित

काठमाडौं -८ मा रास्वपाका विराजभक्तको सानदार जित

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ को अन्तिम नतिजा सार्वजनिक भएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ सानदार मतका साथ विजयी भएका छन्।

मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै सानदार जित दर्ता गराए। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढीको विशाल मतान्तरले पछाडि पारेका छन्। यस क्षेत्रमा प्रतिस्पर्धामा रहेका ठूला र परम्परागत दलसहित अन्य सबै उम्मेदवारहरूको जमानत (धरौटी) जफत भएको छ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमिले ३ हजार २ सय १७ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सपना राज भण्डारीले २ हजार ८ सय ३५ मत ल्याइन् भने नेकपा एमालेका राजेश शाक्यले एक हजार ९ सय ९ र राप्रपाका उम्मेदवार नवीन शाहीले १ हजार ९ सय ९ मत प्राप्त गरेका छन्।

उज्यालो नेपालका उम्मेदवार राजन खड्गीले एक हजार ३३ मत ल्याएका छन्।

Logo