काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदिप विष्ट भारी मतान्तरले विजयी भएका छन् ।
बिहीबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार विष्टले ३७,४६९ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई ठूलो अन्तरले पछाडि पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का हिमाल कार्की ले मात्र ८,९०० मत प्राप्त गरेका छन् । विष्ट र कार्कीबीचको मतान्तर २८,५६९ रहेको छ, जुन यस क्षेत्रकै ऐतिहासिक जित मानिएको छ।
यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार विनोद श्रेष्ठ ले ४,८६४ मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टी की रुपा महर्जन [श्रेष्ठ]ले २,६४८ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी का बलराम थापा भने २,२३९ मत का साथ पाँचौँ स्थानमा सीमित भएका छन् ।































प्रतिक्रिया