झापा -५ मा ओलीभन्दा १४ हजार बढी मतले अघि लागे बालेन

झापा -५ मा ओलीभन्दा १४ हजार बढी मतले अघि लागे बालेन

केन्द्रबिन्दु
27
Shares

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका दाबेदार बालेन्द्र (बालेन) शाह ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई निकै पछाडि पार्दै आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।

पछिल्लो प्राप्त मत परिणाम अनुसार बालेन शाहले १८,८४३ मत प्राप्त गरेका छन् भने पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले ४,४४२ मत मात्र प्राप्त गरेका छन् । यो तथ्याङ्क अनुसार बालेन शाह ओलीभन्दा १४,४०१ मत ले अगाडि छन् ।

झापा ५ लाई एमालेको ‘सुरक्षित गढ’ मानिँदै आएकोमा यसपटक रास्वपाका बालेन शाहको यो प्रारम्भिक नतिजाले नेपाली राजनीतिमा ठूलो हलचल ल्याइदिएको छ।

Skip This
Skip This
Logo