इन्जुरी समयमा गोल गर्दै रियल मड्रिडको रोमाञ्चक जित

इन्जुरी समयमा गोल गर्दै रियल मड्रिडको रोमाञ्चक जित

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोमाथि २–१ को रोमाञ्चक जित दर्ता गरेको छ। खेलको अन्तिम समयमा फेडेरिको भाल्भर्डेले निर्णायक गोल गरेपछि मड्रिडले महत्वपूर्ण ३ अंक जोड्न सफल भएको हो।

खेलको सुरुवाती १० मिनेटमै ओरेलियन चुवामेनीले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए। खेलको ११ औं मिनेटमा उनले मड्रिडका लागि पहिलो गोल गरेका हुन्। तर, घरेलु टोली सेल्टा भिगोले खेलमा फर्कन धेरै समय लगाएन। खेलको २५ औं मिनेटमा बोर्जा इग्लेसियसले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको समय मड्रिडका लागि भाग्यशाली सावित भयो। खेलको ९०+५ औं मिनेटमा उरुग्वेली मिडफिल्डर फेडेरिको भाल्भर्डेले गोल गर्दै मड्रिडको जित सुनिश्चित गरे।

Logo