हार्डवेयरमा आक्रमक बन्दै गुगल

हार्डवेयरमा आक्रमक बन्दै गुगल

केन्द्रबिन्दु
0
Shares

सफ्टवेयर इण्डष्ट्रिजमा विश्वकै अग्रणी गुगलले हार्डवेयरको क्षेत्रमा पनि बिस्तारै पाईला चाल्दै गएको छ । यसरी गुगलले वर्तमान् परिप्रेक्ष्यमा कुन कुराको आवश्यक्ता देखिएको छ सोही अनुसार आफ्ना नविनतम उपकरणहरुलाई प्रस्तुत गर्दै लगेको छ ।

गुगलले पछिल्लो पटक निकालेको स्मार्टफोन, ट्यावलेट, स्पिकर जस्ता उपकरणहरु निकै सफल मानिएको छ । अव गुगलले गेमिङको क्षेत्रका उपकरणहरु निकालेर माइक्रोसफ्ट र सोनी जस्ता पहिला देखिका दिग्गज कम्पनीहरुसंग प्रतिस्पर्धा गर्ने जनाएको छ ।

गुगलले जनाए अनुसार आफ्नो क्रोमकाष्ट सर्पोटिङ डिभाइसको आधारमा आफ्नो सब्सक्रिप्सनमा आधारित रहेर गेमिङ जोनलाई ल्याउने तरखर गरिरहेको छ । यसलाई हार्डवेयरको रुपमा पनि ल्याउने तयारी गुगलले गरेको छ ।

केही जानकारहरुका अनुसार गुगलले यसलाई एण्ड्रोइड टिभिवाट डाउनलोड गरेर खेल्न समेत मिल्ने किसिमले बनाउने जनाएका छन् । विश्वको बजारमा आफ्नो उत्पादनको उपस्थिती बलियो बनाउन गुगलले सब्सक्रिप्सन सर्भिसलाई बलियो बनाउन यसको नाम ‘यती’ राखेको छ । गुगलले गत बर्ष नै यतीलाई ल्याउने योजना बनाएको थियो । तर अन्तिम समयमा आएर यो कार्यलाई रोकेको थियो । अहिले बल्ल आएर स्मार्टफोनका प्रयोगकर्ताहरुले क्रोमकाष्टको प्रयोग गरेर एण्ड्रोइड गेमलाई स्ट्रिमिङ गरेर खेल्न मिल्ने सुविधा आएको छ ।

Skip This
Skip This
Logo