मोरङ -३ मा गणेश कार्की ४ हजारभन्दा बढी मतले अगाडि

मोरङ -३ मा गणेश कार्की ४ हजारभन्दा बढी मतले अगाडि

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । मोरङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना रोचक बन्दै गएको छ । पछिल्लाे अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

कार्कीले कुल १२,७५१ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ८,३७६ मतका साथ पछ्याइरहेका छन् । कार्की र शर्माबीचको मतान्तर ४,३७५ पुगेको छ ।

यस्तै, अमिर मगर (माटो) ७,२४८ मतसहित तेस्रो स्थानमा रहेका छन् । सुन्दरहरैंचा नगरपालिका वडा नं. ८ को मतगणनामा पनि गणेश कार्कीकै वर्चस्व देखिएको छ ।

Logo