बारा–३ मा रास्वपा उम्मेदवार अरविन्द साह विजयी

बारा–३ मा रास्वपा उम्मेदवार अरविन्द साह विजयी

केन्द्रबिन्दु
18
Shares

बारा। बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरविन्द साह विजयी भएका छन्।

निर्वाचन कार्यालय बाराका अनुसार साहले ४० हजार ६९७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्ला मन्सुर १० हजार ५२ मतमा सीमित रहे। जसपा उम्मेदवार रामबाबु कुमार यादव ६ हजार ८८४ मतसहित तेस्रो स्थानमा रहे भने नेकपा एमालेकी ज्वालाकुमारी साहले ५ हजार २७१ मत प्राप्त गरिन्।

अन्य दलका उम्मेदवारमध्ये जनमत पार्टीका प्रमोद कुमार गुप्ता ३ हजार ८११ मतसहित परे। नेकपा उम्मेदवार भरत साहले १,७५१ मत प्राप्त गरे भने उज्यालो नेपाल पार्टीका तीर्थबहादुर गुरुङले १,७२६ मतमा सिमित रहे।

साहको स्पष्ट विजयले क्षेत्रीय राजनीतिमा रास्वपाको प्रभुत्वलाई थप बलियो बनाएको छ।

Skip This
Skip This
Logo