डा. स्वर्णिम वाग्ले तनहुँ–१ मा विजयी

डा. स्वर्णिम वाग्ले तनहुँ–१ मा विजयी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

वाग्लेले ३८ हजार ४० मत प्राप्त गर्दै नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले पराजित गरेका हुन्। भट्टराईले १६ हजार २३१ मत प्राप्त गरे।

यस क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८३० मत प्राप्त गरिन्। नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकालले २ हजार ३९३ मत पाए।

मतपरिणाम अनुसार तनहुँ–१ मा रास्वपाले स्पष्ट मतान्तरसहित विजय हासिल गरेको देखिएको छ।

Skip This
Skip This
Logo