कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराले जिते

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराले जिते

केन्द्रबिन्दु
9
Shares

कञ्चनपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक बोहरा विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार बोहराले ३३ हजार ९५२ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण प्रकाश साउँदले १० हजार ८२७ मत प्राप्त गरे। नेकपा एमालेका बचनबहादुर सिंहले ६ हजार ४१८ मत ल्याए भने नेपाली कम्युनिस्ट पार्टीका माधवप्रसाद पन्तले ६ हजार ३३७ मत पाए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौतले १ हजार ९९३ मत प्राप्त गरेका छन्।

Skip This
Skip This
Logo