सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

केन्द्रबिन्दु
18
Shares

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका विष्णुबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

अन्तिम मतपरिणाम अनुसार खड्काले २६ हजार ८९७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवबहादुर शाहीले १८ हजार ८९० मत पाए।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का टेकबहादुर सिंह ठकुरी १४ हजार ७२९ मतसहित तेस्रो स्थानमा रहे।

नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर रानाले २ हजार ८२८ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठकुरीले १ हजार ४९ मत पाए।

Logo