मोरङ–२मा रास्वपाका कृष्णले पछारे कांग्रेसका मिनेन्द्र रिजाललाई, भारी मतान्तरले विजयी

मोरङ–२मा रास्वपाका कृष्णले पछारे कांग्रेसका मिनेन्द्र रिजाललाई, भारी मतान्तरले विजयी

केन्द्रबिन्दु
15
Shares

मोरङ । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण कार्की भारी मतान्तर सहित विजयी भएका छन्।
कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गरे, जो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलीपकुमार बगडियाभन्दा २५ हजार ३ सय बढी हो।
नेपाली कांग्रेसका पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजाल तेस्रो स्थानमा रहेर १२ हजार ६ सय ६४ मत मात्र प्राप्त गरे।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गरे । यो मत उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियाको भन्दा २५ हजार ३ सय बढी हो । बगडियाले १५ हजार ६ सय २४ मतमा चित्त बुझाउनु पर्यो ।

नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजाल तेस्रो स्थानमा खुम्चिएर हार व्यहोरे । रिजालले १२ हजार ६ सय ६४ मत मात्र प्राप्त गरे। रिजाल कांग्रेसका प्रभावशाली नेता मध्यमा पर्छन् ।

Logo