दाङ–२ मा विजयीको माला लगाए रास्वपाका विपिन आचार्य, दास्रो पटक पछारिए एमाले महासचिव पोखरेल

दाङ–२ मा विजयीको माला लगाए रास्वपाका विपिन आचार्य, दास्रो पटक पछारिए एमाले महासचिव पोखरेल

केन्द्रबिन्दु
15
Shares

दाङ। दाङ निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विपिन आचार्य विजयी भएका छन्। उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई ठूलो मतान्तरले पराजित गरेका हुन्।

अन्तिम मतपरिणाम अनुसार आचार्यले ४३ हजार ५५९ मत प्राप्त गरे। पोखरेलले १५ हजार २८७ मत ल्याउँदै दोस्रो स्थानमा रहे। आचार्यले उनलाई २८ हजार २७२ मतान्तरले हराएका छन्।

नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५५८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे।

यस परिणामसँगै एमाले महासचिव पोखरेलले दाङ–२ मा लगातार दोस्रो हार व्यहोरेका छन्। यसअघि २०७९ सालको निर्वाचनमा उनलाई माओवादी केन्द्रकी रेखा शर्माले झिनो मतान्तरले पराजित गरेकी थिइन्।

Logo