वीरगन्ज
ठोरी गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरोधमा नौ दिन देखि चलिरहेको आन्दोलनले बुधबार देखि उग्ररुप लिएको छ । "/>

उग्र बन्दै ठोरी आन्दोलन : गाँउपालिका कार्यालयमा तोडफोड र आगजनी

उग्र बन्दै ठोरी आन्दोलन : गाँउपालिका कार्यालयमा तोडफोड र आगजनी

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज
ठोरी गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरोधमा नौ दिन देखि चलिरहेको आन्दोलनले बुधबार देखि उग्ररुप लिएको छ । आन्दोलनरत सुर्वणपुरवासीले बुधबार साँभ गाउँपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । बुधबार अपरान्ह सुर्वणपुरवासीहरु मोटरसाइकल र्‍याली निकालेर कालोझण्डा सहित ठोरी गाँउपालिकाको कार्यालयतर्फ जाँदै गर्दा वडा नम्बर ४ मिलचोकमा युवाहरुले हस्तक्षेप गरेपछि आक्रोशित आन्दोलनकारीले सुर्वणपुर बजारस्थित गाँउपालिका कार्यालयमा आगजनी गरेका हुन् ।

उनीहरुले गाँउपालिकाको कार्यालयमा रहेका कुर्सी, टेबुल लगायतका फर्निचर र कागजपत्र सडकमा निकालेर आगो लगाइदिएका हुन् । मिलचोकमा युवाहरुले मोटरसाइकल र्‍यालीमा ढुंगामुढा प्रहार गर्दै झण्डा खोेसेर लगेको आन्दोलनकारीले बताएका छन् ।

आन्दोलनकारीको तर्फबाट गठित वार्ता समितिका संयोजक विश्वराज घिमिरेले ¥याली सहित ठोरीको चौतारामा कोणसभा गर्ने योजना बनाएर जाँदै गर्दा मिलचोकमा ढुंगा प्रहार गर्दै झण्डा पनि खोसेर लगेपछि आन्दोलनकारीले गाँउपालिका कार्यालयमा तोडफोड गरी फर्निचर निकालेर आगजनी गरेको बताए । ठोरी गाउँपालिकाको केन्द्र सारेको विरोधमा आन्दोलनरत सुवर्णपुर संघर्ष समिति र गाउँपालिकाका पदाधिकारी बीच मंगलवार भएको वार्ता दुवै पक्षले अडान नत्यागेपछि विनानिष्कर्ष टुंगिएको थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo