कर्णाली। मुगुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खड्गबहादुर शाही निर्वाचित भएका छन्। उनले ५,६१७ मत प्राप्त गर्दै एमालेका उम्मेदवार पूर्णबहादुर रोकायलाई ६१६ मतान्तरले पराजित गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार रोकायले ५,००१ मत प्राप्त गरेका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले २,४४० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ३७१ मत प्राप्त गरेका छन्।
मुगुमा सात दलका उम्मेदवार प्रतिस्पर्धामा थिए। यस निर्वाचन क्षेत्रमा ३६,६०५ मतदाता रहेकामा २२,१६८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।































प्रतिक्रिया