ओखलढुङ्गामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरले विजयी

ओखलढुङ्गामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरले विजयी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पोखरेल निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका कुमार लुइँटेललाई केवल ५ मतान्तरले पराजित गरेका हुन्।

मत परिणाम अनुसार पोखरेलले १३,९५३ मत प्राप्त गरेका छन् भने लुइँटेलले १३,९४८ मत पाएका छन्। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको यस निर्वाचनमा मतान्तर निकै झिनो रहेको छ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबाबु गुरुङ ले ११,२९६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। एमालेकी उम्मेदवार अस्मिता थापा ले १०,७२० मत ल्याउँदै चौथो स्थानमा सीमित भएकी छन्।

ओखलढुङ्गामा कडा प्रतिस्पर्धाबीच रास्वपाका पोखरेल झिनो मतान्तरले विजयी बनेका हुन्।

Skip This
Skip This
Logo