भक्तपुर ।

आज बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका– ४ चारदोबाटोमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ क ८००६ नंको मिनीट्रकले बाटो काट्दै गरेको पैदलयात्रुलाई ठक्कर दिँदा मृत्यु भएको छ । "/>

मिनीट्रकको ठक्करले पैदलयात्रुको मृत्यु

मिनीट्रकको ठक्करले पैदलयात्रुको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।

आज बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका– ४ चारदोबाटोमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ क ८००६ नंको मिनीट्रकले बाटो काट्दै गरेको पैदलयात्रुलाई ठक्कर दिँदा मृत्यु भएको छ । 

ठक्करबाट घाइते भएका मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरी बस्ने ६६ वर्षीय जगतकुमार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । 

प्रहरीले मिनीट्रक र चालक काभ्रे जिल्ला सिसाखानी घर भई हाल सूर्यविनायक नगरपालिका–८ जगाती बस्ने २९ वर्षीय प्रेमबहादुुर मोक्तानलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान भरिरहेको जानकारी दिएको छ । रासस

Skip This
Skip This
Logo